Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

टिकटकले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गर्‍याे


२६, वैशाख २०८१
  • 188
    SHARES
  • टिकटकले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गर्‍याे

    काठमाण्डौ –  भिडियाे शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो ।

    टिकटकले अमेरिकामा आफ्ना १७ करोड जना प्रयोगकर्ता रहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी गरेको बीबीसीले जनाएको छ । यस्तै टिकटकमाथि प्रतिबन्ध लगाउँदा संविधानको समेत उल्लङ्घन हुने उल्लेख छ । कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी नगर्ने दाबी दोहोर्‍याउँदै टिकटकले चिनियाँ एप भएकै कारण प्रतिबन्ध लगाउनु गलत रहेको बताएको छ ।

    टिकटकले अमेरिकी प्रयोगकर्ताको विवरणमा सुरक्षाका उपायहरू लागू गर्न दुई अर्ब डलर खर्च गरेको र त्यहाँको विदेशी लगानीबारे ९० पृष्ठको राष्ट्रिय सुरक्षा सम्झौताको मस्यौदामा प्रतिबद्धता जनाएको पनि उल्लेख गरेको छ ।

    गएको अप्रिल २० तारिखमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेको छ । कानुनअनुसार अमेरिकी प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकको शेयर अमेरिकी कम्पनीलाई बेच्नुपर्नेछ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend