Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतीय सेना माल्दिभ्सबाट फिर्ता


२८, वैशाख २०८१
  • 151
    SHARES
  • भारतीय सेना माल्दिभ्सबाट फिर्ता

    एजेन्सी - भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएलगत्तै उहाँले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिनुभएको थियो ।

    माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । यसबीचमा माल्दिभ्सका विदेशमन्त्री मुसा जमिर हिजोदेखि भारत भ्रमणमा हुनुहुन्छ ।

    कूटनीतिक गतिरोधको बीच उहाँ दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुग्नुभएको हो । माल्दिभ्स भारतको प्रमुख समुद्री छिमेकी हो ।

    गएको मे ३ तारिखमा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० तारिख अर्थात् आजसम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए । भारतीय विदेश मन्त्रालयले माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता भएको जानकारी समेत गराएको छ ।

    माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुब हेलिकप्टरसहित झण्डै ७० जना भारतीय सैनिक तैनाथ रहेका थिए । ती सैनिकहरुको स्थानमा गैरसैनिकको प्राविधिक टोली खटाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend