Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एयर इन्डियाको उडानमा भएको अवरोध हट्यो


२९, वैशाख २०८१
  • 194
    SHARES
  • एयर इन्डियाको उडानमा भएको अवरोध हट्यो

    काठमाडौं । भारतको एयर इन्डियाको उडानमा भइरहेको अवरोध हटेको छ ।

    विमान सेवाका कर्मचारीले हडताल फिर्ता लिएको र उडान सेवा नियमित शुरु भएको एयर इन्डियाले जनाएको छ । यसअघि कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि बुधवार र बिहीवार दुई दिन लगातार उडानमा अवरोध भएको थियो ।

    वार्ता र छलफलपछि चालक दलका सदस्यले आफ्नो विरोध अन्त्य गरेको श्रम कानून कार्यान्वयनको निरीक्षण गर्ने सरकारी निकाय भारतीय श्रम आयोगले जनाएको छ । त्यस्तै एयरलाइन्सले यसअघि बर्खास्त गरेका २० भन्दा धेरै कर्मचारीलाई काममा फर्काइएको छ ।

    आयोगले कर्मचारीका मागबारे थप छलफल गर्न आउँदो मे २८ तारिखमा अर्को बैठक गर्न पनि सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऋणमा डुबेपछि सन् २०२२ मा भारतीय ध्वजावाहक विमान सेवा टाटा समूहको स्वामित्वमा पुगेको थियो ।

    टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नती जस्ता विषयमा नयाँ नीतिहरु सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए ।  उनीहरुको विरोधका कारण लगातार दुई दिन गरी कम्तिमा एक सय ७५ वटा उडान ढिलाइ तथा रद्द गर्नुपरेको थियो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend