Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अफगानिस्तानमा बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या


३१, वैशाख २०८१
  • 177
    SHARES
  • अफगानिस्तानमा बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या

    काठमाण्डौ – अफगानिस्तानमा बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या भईरहेको छ । गएको शुक्रवार ठूलो वर्षा हुँदा अफगानिस्तानका धेरै प्रान्तमा बाढी आएको थियो  ।

    बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । यो प्रान्तमा बाढीले सडक र पुलहरू क्षतिग्रस्त हुँदा सहायता पुर्‍याउन समस्या भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    विनाशकारी क्षेत्रमा राहत तथा उद्धारका लागि गएका खाद्यान्नले भरिएका ट्रक, सेनाका गाडी, उद्धारकर्मी र स्थानीयबासिन्दा बाढीले सडकलाई बगाएपछि बीचमै फसेका छन् । सेनाले बाटो बनाउन र हिलोमा फसेका ट्रकहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका खबरमा उल्लेख छ ।

    तालिबान सरकारको शरणार्थी मन्त्रालयले बघलानमा बाढीबाट तीन सय १५ जनाको ज्यान गएको र एक हजार ६ सयभन्दा धेरै घाइते भएको बताएको छ ।

    मन्त्रालयले दुई हजारभन्दा बढी घर क्षतिग्रस्त भएको र एक हजार गाईवस्तु मारिएको उल्लेख गरेको छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend