Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु


६, जेठ २०८१
  • 243
    SHARES
  • अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

    काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

    अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण थुप्रै वेपत्ता छन् भने हजारौँ मानिस विस्थापत भएका छन् ।

    संयुक्त राष्ट्र संघका निकायहरूले पछिल्लो बाढीमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाएका छन् ।

    बाढीमा परि हजारौँ गाईवस्तु मारेको, करिब २ हजार घर ध्वस्त भएको र धेरैलाई क्षति पु¥याएको बीबीसले जनाएको छ ।

    प्रान्तीय राजधानी फिरोजकोहमा करिब २,००० पसलहरू पानीमुनि रहेको र त्यहाँ जाने अधिकांश सडकहरू क्षतिग्रस्त भएको बताइएको छ ।

    प्रान्तको प्रकोप व्यवस्थापन विभागले ‘आपतकालीन अवस्था’को घोषणा गर्दै आश्रय, खाना र पानीका लागि अपील गरेको छ।

    प्रान्तीय गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले दर्जनौं व्यक्ति बेपत्ता भएको बताएका छन्।

    यो साता उत्तरी र मध्य क्षेत्रहरूमा व्यापक वर्षा भइरहेको छ । अघिल्लो हप्ता मात्रै अफ्गानिस्तानमा बाढीमा परि तीन सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

    लगातारको बाढीले खेतीयोग्य जमिन बाक्लो हिलोले ढाकिएको छ । ४ करोड जनसंख्या रहेको अफगानिस्तानमा ८० प्रतिशत मानिस कृषिमा निर्भर रहेका छन् ।

    अफगानिस्तानको मौसम विभागले देशका सबै प्रान्तहरूमा थप वर्षा र सम्भावित बाढीको चेतावनी दिएको छ। अफगानिस्तानमा गत वर्ष लामो खडेरी परेपछि भारी वर्षा भएको हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend