Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय


७, जेठ २०८१
  • 148
    SHARES
  • बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय

    एजेन्सी- भारतको राजस्थान राज्यस्थित भिलवाडा जिल्लाको कोटडीमा एकजना नाबालिगमाथि भएको सामूहिक बलात्कार प्रकरणका दुईजनालाई फासीको सजाय भएको छ ।

    नाबालिगलाई सामूहिक बलात्कारपछि जिउँदै इँटाभट्टामा हालेर जलाएको प्रकरणमा संलग्न ९ जनामध्ये २ जनालाई अदालतले सोमबार फासीको सजाय सुनाएको हो ।

    भीलवाडाो पोक्सो अदालत-२ ले दोषीलाई फासीको सजाय सुनाएहो । २ अगस्ट २०२३ को यस घटनापछी पुलिसले अनुसन्धान अघि बढाएर ९ जनालाई गिरफ्तार गरेको थियो ।

    अदालतले यही शनिबार सात अभियुक्तलाई रिहा गर्दै कालु र कान्हालाई दोषी ठहर गरेको हो । सफाइ दिइएका सात अभियुक्तमध्ये दोषी कालु र कान्हाकी पत्नी, आमा र बहिनी छन् ।

    दुवै दोषीलाई फासीको सजाय सुनाइएपछि मृतक नाबालिगकी आमाले अदालतबाहिर सञ्चारमाध्यमलाई भनिन्, ‘अब हामीलाई न्याय मिलेको छ ।’

    दोषीलाई सजाय मिलेपछि पूर्व मुख्यमन्त्री अशोक गहलोतले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अगस्ट २०२३ मा भिलवाडाको कोटडीमा बालिकामाथि बलात्कार र हत्याको मामिलामा अदालतबाट दोषीलाई मृत्युदण्डको सजाय सुनाइनु स्वागतयोग्य छ ।’

    करिब एक महिनामै यस केसको मुद्दाको फाइल तयार गरिएको थियो । अब करिब १० महिनापछि यस प्रकरणका दुईजना दोषीलाई फासीको सजाय सुनाइएको हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend