Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतमा लोक सभा चुनाव : पाँचौ चरणमा ३६.७३ प्रतिशत मतदान


७, जेठ २०८१
  • 223
    SHARES
  • भारतमा लोक सभा चुनाव : पाँचौ चरणमा ३६.७३ प्रतिशत मतदान

    नयाँदिल्ली– भारतमा लोक सभाका लागि सोमबार गरिएको पाँचौ चरणको मतदानमा औसत ३६.७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार लद्दाखमा सबैभन्दा बढी ५२.०२ प्रतिशत, पश्चिम बंगालमा ४८.४१ प्रतिशत, झारखण्डमा ४१.८९ प्रतिशत, उत्तर प्रदेशमा ३९.५५ प्रतिशत, उडिसामा ३५.३१ प्रतिशत, जम्मु काश्मिरमा ३४.७९ प्रतिशत, बिहारमा ३४.६२ प्रतिशत र महाराष्ट्रमा २७.७८ प्रतिशत मतदान भएको छ ।

    निर्वाचन आयोगका अनुसार पाँचौं चरणको मतदानमा चार करोड ६९ लाख पुरुष, चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिङ्गीसहित आठ करोड ९५ लाखभन्दा बढी मतदाताले ६९५ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

    पाँचौं चरणमा विभिन्न निर्वाचन क्षेत्रमा राहुल गान्धी, भाजपा नेता राजनाथ सिंह, स्मृति इरानी, राजीव प्रताप रुडी, पीयूष गोयल, उज्ज्वल निकम, करण भूषण सिंह, एलजेपी (रामविलास) प्रमुख चिराग पासवान, जेकेएनसी प्रमुख उमर अब्दुल्ला र राजद नेता रोहिणी आचार्य चुनावी सफलताको खोजीमा छन् 

    यो चरणमा बिहार, जम्मू–कश्मीर, लद्दाख, झारखण्ड, महाराष्ट्र, उडिसा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुँदैछ ।

    मुम्बई, ठाणे र लखनउजस्ता शहरहरूमा विगतमा मतदानमा शहरी उदासीनताको सामना गर्नुपरेको थियो ।

    कुल ४९ लोकसभा सदस्यका लागि निर्धारित सीटमध्ये उत्तर प्रदेशका १४, महाराष्ट्रका १३, पश्चिम बंगालका सात, बिहारका पाँच, झारखण्डका तीन, उडिसाका पाँच, जम्मू–कश्मीर र लद्दाखका एक–एक सिट छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend