Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इरानमा उपराष्ट्रपति मोहम्मद मोखबर कार्यवाहक राष्ट्रपति नियुक्त


७, जेठ २०८१
  • 196
    SHARES
  • इरानमा उपराष्ट्रपति मोहम्मद मोखबर कार्यवाहक राष्ट्रपति नियुक्त

    काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीकाे निधनपछि उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार सम्हाल्ने हुनुभएको छ । 

    रायसीको निधनपछि देशको पहिलो उपराष्ट्रपति मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताउनुभएको समाचार संस्था एएफपीले जनाएकाे छ ।

    इरानको संविधानले मोखबरको अन्तरिम नियुक्तिका लागि सर्वाेच्च नेता आयातोल्लाह खामेनीलाई अधिकार सुम्पिएको छ । सर्वाेच्च नेता खामेनी सबै राज्य मामिलामा अन्तिम निर्णायक हुनुहुन्छ ।

    इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा निधन भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।

     इरानकाे संविधानले राष्ट्रपतिको निधन भएको वा स्वास्थ्य अवस्था अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ ।

    आज बिहान इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको हाे । हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर पूरै जलेको अवस्थामा बिहान फेला परेको हो । हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपतिलगायत सबै जनाको निधन भएको इरानको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend