Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायल र हामासबीच फेरि वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान


९, जेठ २०८१
  • 134
    SHARES
  • इजरायल र हामासबीच फेरि वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    काठमाडौँ । इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

    सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै  सद्भावका साथ वार्ता गर्न मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक तथा राष्ट्रसङ्घका राजदुत  टोर वेन्नेसल्यान्डले आग्रह गर्नुभएको चिनियाँ समाचार सस्था सिन्ह्वाले जनाएको छ ।

    दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बीनै टुङ्गिएको थियो । गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबीचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको आवश्यकता रहेको राष्ट्रसङ्घको भनाई रहेको खबरमा उल्लेख छ ।

    राजदुत वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रसङ्घको पूर्णसमर्थन रहेको बताउँदै इजरायल र हमासबीचको युद्धविराम सम्झौता कार्यान्वयनलाई आफूले समर्थन गर्ने बताउनुभयो ।

    मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धअभ्यास तीव्र भएपछि रफाहमा सुरक्षा अवस्था  बिग्रँदै गएको वेन्नेसल्यान्डले  उल्लेख गर्नुभएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend