Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विमान हवाई तुफानमा पर्दा एक जनाको मृत्यु, ३० घाइते


९, जेठ २०८१
  • 215
    SHARES
  • विमान हवाई तुफानमा पर्दा एक जनाको मृत्यु, ३० घाइते

    बैंकक । लन्डनबाट सिंगापुर गइरहेको सिंगापुर एयरलाइन्सको  बोइङ ७७७–३०० ईआर विमानको उडान एक्कासि आकाशमा एयर टर्बुलेन्स (हवाई तुफान)मा फस्दा एकजनाको मृत्यु भएको छ ।

    ३० जना घाइते भएका छन् । उक्त एयरलाइन्सका अनुसार उडानमा २११ यात्रु र चालक दलका १८ जना सामेल थिए । त्यसमा सबैभन्दा बढी ५६ जना अष्ट्रेलियाका नागरिक रहेका थिए ।

    अन्यमा बेलायतका ४७, सिंगापुरका ४१, न्युजिल्यान्डका २३, मलेसियाका १६, फिलिपिन्सका ५, आयरल्यान्डका ४, अमेरिकाका ४, भारतका ३, इन्डोनेसिया, म्यान्मार, स्पेन र क्यानडाका २/२ तथा जर्मनी, इजरायल, आइसल्यान्ड र दक्षिण कोरियाका १/१ जना नागरिक रहेको एयरलाइन्सले जनाएको छ ।

    लन्डनबाट सिंगापुर जाँदै गरेको उक्त विमान म्यान्मारको आकाश हुँदै उडिरहेको बेलामा अचानक तुफानमा परेको थियो । उक्त घटनामा निमानमा रहेका ७३ वर्षिय एक बेलायती नागरिकको मृत्यु भएको थियो ।

    विमानलाई त्यसपछि थाइल्यान्डको बैंककमा उतारिएको थियो । बैंककका अधिकारीहरुले ती व्यक्तिको मृत्यु हृदयाघातका  कारण भएको हुनसक्ने जनाएका छन् ।

    ती व्यक्ति पत्नीसँगै थिए । पत्नीलाई अहिले बैंकक अस्पतालमा भर्ना गरिएको छ । ३० यात्रुलाई अस्पतालमा भर्ना गरिएकोमा सातजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    एक यात्रीले जनाएअनुसार तुफानको समयमा कसैले पनि सीट बेल्ट लगाएका थिएनन् । त्यसैले धेरैजसो  सीधै विमानको छतमा ठोक्किएका थिए ।

    एक यात्रुका अनुसार यात्रु आरामसँग विमानभित्र घुमिरहेका बेलामा  एक्कासी तुफानका कारण उनी स्वयं  छतमा ठोक्किएका थिए भने उनका छोरा निकै पर पछारिएका थिए ।

    आवश्यक व्यवस्थापनका लागि सिंगापुर एयरलाइन्सको टोली मंगलबार राति बैंकक पुगेको थियो । बीबीसी 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend