Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु


१३, जेठ २०८१
  • 196
    SHARES
  • भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु

    काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।

    शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार शवहरु डढेकाले मृतक पहिचान गर्न सकिने खालका छैनन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ ।

    प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए ।

    त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।

    गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यहाँ आगो निभाउने उपकरण पनि नराखिएकाले ठूलो क्षति भएको हो । यो घटनापछि गुजरात सरकारले आगो निभाउने उपकरण नराखेका राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

    घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend