Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतमा झन् गर्मी, मृत्यु हुनेको संख्या ५१ पुग्यो


१७, जेठ २०८१
  • 306
    SHARES
  • भारतमा झन् गर्मी, मृत्यु हुनेको संख्या ५१ पुग्यो

    काठमाडौं । भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरू तोडिरहेको छ।

    मंगलबार राजस्थानको चुरुमा देशकै उच्च तापक्रम ५० दशमलव ५ डिग्री पुगेको थियो। यसअघि राजस्थानको फलोदी लगातार तीन दिनसम्म देशकै सबैभन्दा तातो सहर बनेको थियो।

    यहाँको तापक्रम शनिबार ५० डिग्री, आइतबार ५१ डिग्री र सोमबार ४९ दशमलव ४ डिग्री रहेको थियो। मंगलबार राजस्थानमा गर्मीका कारण १६ जनाको मृत्यु भएको छ । राज्यमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

    राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, दिल्लीलगायत १२ राज्यका ७८ स्थानमा ४५ डिग्री वा सोभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो। सोमबार देशका १० राज्यका ७५ स्थानको तापक्रम ४५ डिग्री वा सोभन्दा बढी थियो ।

    मंगलबार प्रयागराजको तापक्रम ४८ दशमलव २ डिग्री पुगेको थियो। ३० वर्षअघि सन् १९९४ मा यहाँ ४८ दशमलव ४ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।

    त्यहाँको मौसम विभागले बुधबार पञ्जाव, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेशमा गर्मीको लहरको रेड अलर्ट जारी गरेको छ।

    यसबाहेक जम्मु डिभिजन, हिमाचल प्रदेश, महाराष्ट्रका केही भाग, छत्तीसगढ, विहार, झारखण्ड र ओडिसाका एकान्त स्थानहरूमा पनि गर्मीको लहर आउने सम्भावना छ।

    अर्कोतर्फ, रेमाल आँधीका कारण सबै उत्तरपूर्वी राज्यहरू असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरामा मे २९ देखि जुन १ सम्म भारी वर्षाको सम्भावना रहेको छ ।

    यहाँ वर्षाका लागि रेड अलर्ट जारी गरिएको छ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend