Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतमा लोकसभाको सातौं चरणको चुनावमा झन्डै ६० प्रतिशत मतदान


२०, जेठ २०८१
  • 209
    SHARES
  • भारतमा लोकसभाको सातौं चरणको चुनावमा झन्डै ६० प्रतिशत मतदान

    काठमाडौं । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणमा झन्डै ६० प्रतिशत मतदान भएको छ ।

    भारतीय निर्वाचन आयोगकाअनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशमा भएको चुनावमा ५९ दशमलव ४५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

    सात चरणमा गरी भएको मतदानको नतिजा आउँदो मंगलवार घोषणा गर्ने तयारी रहेको छ । त्यसअघि हिजोराति विभिन्न समाचार च्यानल र एजेन्सीले एक्जिट पोल सार्वजनिक गरेका छन् ।

    १० वटा एक्जिट पोलमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाको गठबन्धनले तीन सय ५० भन्दा धेरै सिट पाउने अनुमान छ ।

    विपक्षी दल कंग्रेको इन्डिया गठबन्धनले एक सय ६१ सिट पाउने अनुमान रहेको बीबीसीले जनाएको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ ।

    पूर्वानुमानअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित हुने सम्भावना धेरै रहेको छ ।   

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend