Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायलका दुई जना मन्त्रीद्वारा सरकार ढाल्ने चेतावनी


२०, जेठ २०८१
  • 197
    SHARES
  • इजरायलका दुई जना मन्त्रीद्वारा सरकार ढाल्ने चेतावनी

    काठमाण्डाै – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यशैलीको विरोध गर्दै दुई जना मन्त्रीले सरकार नै ढालिदिने धम्की दिएका छन् ।

    दुई जना मन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेको गाजा युद्धविराम प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहमति जनाएमा सत्ता छाड्ने र सत्तारूढ गठबन्धनलाई ध्वस्त पार्ने धम्की दिएका बीबीसीले जनाएको छ ।

    अर्थमन्त्री बेजेल स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–ग्विरले हमासलाई नष्ट नगरि हुने कुनै पनि सम्झौताको विरोध गर्ने बताएका छन् ।

    स्मोट्रिचले नेतन्याहुलाई सम्बोधन गर्दै एउटा पत्र सार्वजनिक गर्नुभएको छ । जहाँ हमासलाई नष्ट नगरि र सबै बन्धकलाई फिर्ता नल्याई युद्ध समाप्त गर्ने अमेरिकी प्रस्ताव मानेमा विरोध गर्ने र सरकार छाड्ने उल्लेख छ ।

    तर सबैभन्दा शक्तिशाली मानिएको विपक्षी दलका नेता यायर लापिडले भने प्रधानमन्त्री नेतान्याहुले अमेरिकी योजनालाई समर्थन गरेमा सरकारलाई समर्थन गर्ने प्रतिज्ञा जनाउनुभएको छ ।

    अमेरिकी राष्ट्रपति बाइडेनको तीन भागको प्रस्ताव छ हप्ताको युद्धविरामबाट शुरु हुनेछ । जसमा इजरायली रक्षा बल (आईडीएफ) गाजाको रफाह क्षेत्रबाट फिर्ता हुनेछ ।

    यस्तै सबै बन्धकको रिहाइ, शत्रुताको अन्त्य र गाजाका लागि एक प्रमुख पुनर्निर्माण योजना प्रस्तावमा उल्लेख छ । यो योजनालाई दुई जना मन्त्रीले चर्को विरोध गरेका छन् भने विपक्षीले समर्थन गरेका छन् ।

    अहिले इजरायलमा युद्ध मन्त्रिपरिषद्ले सरकार चलाइरहेको छ । नेतान्याहु विभिन्न दलको समर्थनमा प्रधानमन्त्री बनेकाले एउटा दलले समर्थन फिर्ता लिए पनि सरकार ढल्ने सम्भावना हुन्छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend