Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे राजीनामा स्वीकृत


२३, जेठ २०८१
  • 244
    SHARES
  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे राजीनामा स्वीकृत

    काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत भएको छ । लोकसभा चुनावको नतिजापछि आज प्रधानमन्त्री मोदीले बुझाउनुभएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकृत गर्नुभएको हो ।

    राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । वर्तमान १७ औँ लोकसभाको कार्यकाल जुन १६ तारिखमा सकिँदैछ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार पर्सि जुन ७ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनको संसदीय दलको बैठक बसेर भाेलिपल्ट अर्थात् जुन ८ नयाँ सरकारको शपथ ग्रहण समारोह गर्ने तयारी छ ।

    हिजो भएको लोकसभा चुनावको मतगणनामा भाजपाले दुई सय ४० सिट जितेको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएको दुई सय ९२ सिट भएको छ । कांग्रेसले ९९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धन इन्डियाको दुई सय ३४ सिट भएको छ ।

    सरकार बनाउन दुई सय ७२ सीट चाहिन्छ । एनडीएले दुई सय ९२ सिट जितेसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend