Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

इजरायलद्वारा गाजामा पुन: आक्रमण शुरु, ७० जनाको मृत्यु


२४, जेठ २०८१
  • 249
    SHARES
  • इजरायलद्वारा गाजामा पुन: आक्रमण शुरु, ७० जनाको मृत्यु

    काठमाडौं । इजरायलले गाजामा पुन: आक्रमण शुरु गरेको छ।

    पछिल्लो पटक उसले बुरेज शरणार्थी शिविरको पूर्वी इलाका र मध्य गाजाको डेर अल–बलाह सहरमा आक्रमण शुरु गरेको हो। बुधबार बिहान शुरु भएको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ। 

    हवाइ तथा स्थगलगत आक्रमणमा कम्तीमा ७० जना मारिएको एक गैरसरकारी संस्था साइन्स फ्रन्टियर्सले बताएको छ। मारिनेमा अधिकांश महिला र बालबालिका छन्।

    अमेरिकाले मंगलबार मात्रै इजरायललाई गाजामा युद्धविराम गर्न दबाब दिएको थियो भने हमास समूहलाई इजरायली शर्त पालना गरी युद्धविरामका लागि तयार रहन आग्रह गरेको थियो। तर त्यसको भोलिपल्ट बिहानैदेखि इजरायलले अर्को शहरलाई निशाना बनाएर आक्रमण शुरु गरेको अधिकारीहरूले जनाएका छन्। 

    इजरायल हमासको अन्त्य नगरी युद्ध नरोक्ने मनस्थितिमा छ। इजरायलले गाजामा जारी राखेको आक्रमणमा ७ अक्टोबर यतामात्रै ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

    यसैबीच रुसले पश्चिमा देशमाथि आक्रमणका लागि हतियार दिने धम्की दिएको छ। रुसमा आक्रमण गर्न अमेरिका लगायतका देशले युक्रेनलाई हतियार दिने तयारी गरेको विषयमा आपत्ति जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूले पनि त्यसो किन नगर्ने भन्दै यस्तो चेतावनी दिएका छन्। 

    एक पत्रकार सम्मेलनमा पुटिनले पश्चिमा देशका संवेदनशील क्षेत्रमा आक्रमणका लागि आफ्ना सहयोगीलाई हतियार उपलब्ध गराउने चेतावनी दिएको बीबीसीले जनाएको छ। उनले जर्मनी युक्रेनलाई लामो दूरीको हतियार दिन सहमत भएको भन्दै यसले जर्मनीसँगको सम्बन्ध अन्त्य हुने चेतावनी दिए।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend