Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कुवेत आगलागी : मृत्यु भएका ४१ मध्ये १० भारतीय र पाँच मलेसियन


३०, जेठ २०८१
  • 286
    SHARES
  • कुवेत आगलागी : मृत्यु भएका ४१ मध्ये १० भारतीय र पाँच मलेसियन

    काठमाडौं । दक्षिण कुवेतको मंगाफ सहरको कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा मृत्यु हुनेमध्ये १५ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमध्ये १० जना भारतीय र पाँचजना मलेसियन रहेको कुवेतका मिडियाले उल्लेख गरेका छन् । मृत्यु हुने भारतीय अधिंकाश दक्षिणी क्षेत्रका छन् । 

    आगलागी भएको भवनमा १९५ जना विदेश कामदार राखिएको थियो । त्यहाँ बस्ने कामदार अधिकांश भारतको केरला, तमिलनाडु र उत्तर भारतका रहेको जनाइएको छ । 

    आगलागी भएको भवन एनबीटीसी ग्रुपसँग सम्बन्धित रहेको थियो । यसका मालिक मलेसियाका व्यापारी केकी अब्राहम हुन् ।आगलागी भएको भवनमा नेपाली पनि रहेको आशंका गरिएको छ । घटनामा नेपाली कामदार परे वा नपरेकोबारे बुझ्न कुवेतस्थित नेपाली दूतावासले आफ्ना तीन कर्मचारीलाई घटनास्थलमा पठाएको छ । 

    कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार हालसम्म नेपाली कामदार उक्त घटनामा परेको भन्ने सूचना प्राप्त नभएको जनाए ।

    गैरआवासीय नेपाली संघ, कुवेतका पूर्वअध्यक्ष सुजन केसीले आगलागी भएको भवनमा नेपाली पनि रहेको भन्ने सूचना आएको जनाए । तर, घटनामा नेपाली कामदार परे वा नपरेको भने हालसम्म केही नखुलेको बताए । 

    आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए । उनले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।  उपप्रधानमन्त्री अल–सबाहले घरजग्गा मालिकले नियमको उल्लंघन गरी भवन बनाएको आरोप लगाएका छन् । उनले कम्पनीले नियमविपरीत क्षमताभन्दा बढी कामदार उक्त भवनमा राखेको जनाएका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता उनले जनाएका छन् । 

    घटनास्थलमा बुझ्नको लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीनजनालाई पठाइएको राजदूत लम्सालले बताए । 

     

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend