Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते


३१, जेठ २०८१
  • 218
    SHARES
  • कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते

    काठमाडौं । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

    घाइते भएका व्यक्तिहरूलाई कुवेतका पाँचवटा सरकारी अस्पताल अदान, जाबेर, फरवानिया, मुबारक अल कबीर र जाहरा अस्पतालमा उपचारका लागि राखिएको छ। अस्पतालका अधिकारीहरूले अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ । 

    ‘दूतावासले सम्बन्धित कुवेती अधिकारी र कम्पनीबाट घटनाको पूर्ण विवरणहरू प्राप्त गरिरहेको छौँ । हामी शोकाकुल परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, विदेश मन्त्रालयले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

    ‘दूतावासले यस दुर्भाग्यपूर्ण घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको छ’, दूतावासले कुवेतका अधिकारीहरूबाट पूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

    ‘प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा, राज्यमन्त्री कीर्तिवर्धन सिंह हाल कुवेतको यात्रामा छन्। उनले तुरुन्तै शव फिर्ता र घाइतेहरूलाई चिकित्सा सहायताको लागि काम गरिरहनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

    यसैबीच, कुवेतमा रहेको भारतीय दूतावासले घटनामा प्रभावितहरूलाई राहत प्रदान गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको छ । 

    दूतावासले पीडित परिवारका सदस्यहरूलाई सम्पर्क गर्न हेल्पलाइन  (व्हाट्सएप र नियमित कल) स्थापना गरेको छ । हेल्पलाइनमार्फत नियमित अपडेट प्रदान गरिँदैछ । 

    यसअघि कुवेतमा आगलागीको खबर आएपछि प्रधानमन्त्री मोदीले समीक्षा बैठकको अध्यक्षता गर्दै मृतक भारतीय नागरिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।  

    प्रधानमन्त्री मोदीले यस दुर्भाग्यपूर्ण घटनामा गहिरो दुःख व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भारत सरकारबाट सबै सम्भव सहयोगको आश्वासन दिएका छन् । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend