Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो


१, असार २०८१
  • 165
    SHARES
  • कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो

    काठमाडौं । कुवेतमा भएको अगालागीमा परेर ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको शव हिजो भारत ल्याइएको छ । एयर इण्डियाको उडानबाट शव भारतको दक्षिणी राज्य केरलको कोची शहरमा ल्याइएको हो ।

    भारतका सङ्घ तथा राज्यका सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् । कुवेतको माङ्गफ शहरमा गएको बुधवार भएको आगलागीमा परेर ५० जनाको ज्यान गएको थियो । त्यसमा ४५ जना भारतीय, तीन फिलिपिन्सका नागरिक रहेका छन् । अरु दुई जनाको पहिचान हुन सकेको छैन ।

    यसैबीढच भारतको उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँनेक्रममा चार जना वन अधिकारीको ज्यान गएको छ । अरु चार जना जलेर घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    उत्तराखण्डको राजधानी सहर देहरादुनबाट झण्डै तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको हो । वनमा आगलागी हुनुको मुख्य कारण गर्मी र सुख्खा मौसम मानिएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend