Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अमेरिकाद्वारा युक्रेनका लागि एक अर्ब ५० करोड डलर सहायता घोषणा


१, असार २०८१
  • 217
    SHARES
  • अमेरिकाद्वारा युक्रेनका लागि एक अर्ब ५० करोड डलर सहायता घोषणा

    काठमाडौं ।अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । 

    उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरूपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय सहायताका लागि उक्त सहयोग घोषणा गरिन् ।

    स्विट्जरल्यान्डको लक्जरी बर्गेनस्टक माउन्टेन रिसोर्टमा दुई दिने शान्ति शिखर सम्मेलनमा सहभागी भएकी ह्यारिसले उक्त सहायतामा ५० करोड डलर नयाँ कोष समावेश भएको जानकारी दिइन् । 

    यसअघि घोषित युएसएआइडी कोषमा थप ३२ करोड ४० लाख डलर पनि आपतकालीन ऊर्जा आवश्यकताहरू पूरा गर्नका लागि पुनःनिर्देशित गरिनेछ । 

    ‘यो कोषले युद्धमा क्षतिग्रस्त ऊर्जा पूर्वाधारको मर्मत गर्नेछ, विद्युत् उत्पादनको विस्तार गर्नेछ, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेछ र ऊर्जा पूर्वाधारको संरक्षण गर्नेछ’, उपराष्ट्रपति ह्यारिसले एक वक्तव्यमा भनिन् ‘यी प्रयासहरूले युक्रेनलाई मर्मत र पुनःप्राप्तिको समर्थन गरेर, ऊर्जा आपूर्ति व्यवधानप्रति युक्रेनको लचिलोपनमा सुधार गरेर र ऊर्जा प्रणालीको मर्मत तथा विस्तारका लागि आधार तयार गरेर उसको पूर्वाधारमा रुसको पछिल्लो आक्रमणलाई जवाफ दिन सहयोग प्राप्त हुनेछ ।’

    युएसएआइडी र विदेश मन्त्रालयको नयाँ प्याकेजमा ३७ करोड ९० लाख डलरभन्दा बढी मानवीय सहायता सामेल छ । 

    “यसले युक्रेनी जनताविरुद्ध रुसको क्रुर युद्धबाट प्रभावित शरणार्थीहरू, आन्तरिकरूपमा विस्थापितहरू र द्वन्द्व–प्रभावित समुदायहरूको तत्कालको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ”, ह्यारिसले भनिन्। उनका अनुसार कांग्रेसको समर्थनमा विदेश मन्त्रालयले युक्रेनी नागरिक सुरक्षा सहायतामा थप ३० करोड डलर प्रदान गर्नेछ । 

    “यो समर्थनले उनीहरूलाई युक्रेनी क्षेत्रको रक्षा गर्न, क्रेमलिनको आक्रमणबाट लक्षित नागरिकलाई बचाउन, महत्त्वपूर्ण पूर्वाधारको संरक्षण गर्न र युद्ध अपराध तथा अन्य अत्याचारका एक लाख २० हजारभन्दा बढी दर्ता भएका मुद्दाहरूको अनुसन्धान गर्न सुरक्षितरूपमा युद्धको अग्रमोर्चामा काम गर्न सहयोग गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले भनिन्। 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend