Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको फिलिपिन्सको दाबी


३, असार २०८१
  • 162
    SHARES
  • दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको फिलिपिन्सको दाबी

    एजेन्सी - फिलिपिन्सले औपचारिक रूपमा दक्षिण चीन सागरको विस्तृत महाद्विपीय क्षेत्रमा आफ्नो दाबी गरेको छ ।

    फिलिपिन्सले दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको भन्दै संयुक्त राष्ट्र सङ्घमा औपचारिक रूपमा दर्ता गरेको फिलिपिन्सको विदेश मन्त्रालयले जनाएको छ ।

    यो क्षेत्रमा विशेष अधिकार सुरक्षित गरेर त्यहाँका प्राकृतिक स्रोतहरूको दोहन गर्ने उद्देश्यले फिलिपिन्स अघि बढेको बताइएको छ ।

    यस क्षेत्रमा फिलिपिन्स र चीनबीचको विवाद निरन्तर बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । चीनले दक्षिण चीन सागरको अधिकांश भूभागमा आफ्नो दाबी गर्दै आएको छ ।

    पछिल्लो समय चीनले आफ्नो तटरक्षक बलहरूलाई यो क्षेत्रमा शंकास्पद रुपमा भेटिएका जोकोही विदेशीलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्ने अधिकार दिएको छ । चीनले दक्षिण चीन सागरका धेरै चट्टानहरूलाई सैन्य प्रयोगका लागि कृत्रिम टापुमा परिणत गरेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend