Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

थबाङ गाउँपालिकामा योजना तयारी गोष्ठी सम्पन्न


१६, असार २०८०
  • 236
    SHARES
  • थबाङ गाउँपालिकामा योजना तयारी गोष्ठी सम्पन्न

    रोल्पा । स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोप्ना र सरसफाई प्रवर्द्धनका लागि योजना तयारी गोष्ठी थबाङ गाउँपालिकामा शनिबार सम्पन्न भएको छ।वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरको प्रमुख आतिथ्यता रहेको थियो।

    थबाङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला बुढामगर,प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव सार्की,थबाङ गाउँपालिका-२ का वडाध्यक्ष अभिलाषा रोका,४ का वडाध्यक्ष हिक्मत घर्तिमगर,थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर,थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर घर्ती मगर,जलजला अस्पताल तथा अनुसन्धान केन्द्रका निमित्त अस्पताल प्रमुख राज कुमार बुढा मगर र ईलाका प्रहरी कार्यालय थबाङ्का प्रमुख राजेश बस्नेत लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत प्रमुख तथा कर्मचारी,स्वास्थ्य आमा समूहका अध्यक्ष,विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो।

    पहिलो शेसन पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोप्ना योजना तयारी गोष्ठीको बारेमा जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले नेपालको संविधानले व्यवस्था अनुसार धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक,धारा ३० मा स्वच्छ वातावरणको हक,धारा ३८ मा महिलाको हक र आधारभूत स्वास्थ्य सेवाहरुको बारेमा जानकारी गराएका थिए । 

    सुवेदीले बच्चालाई १३ प्रकारको खोपको नेपाल सरकारले निस्शुल्क बनाएको र त्यो सबै बालबालिकाले पाउनुपर्ने बताए।रोल्पा जिल्ला रहेका नगरपालिका र गाउँपालिकाहरुले पूर्णखोप सुनिश्चितता घोषणा गरि सकेकोले अब रोल्पा जिल्ला घोषणा हुन बाँकी रहेको बताए।रोल्पा जिल्लामा रहेका स्थानीय तहमा खोप लगाउने संख्या ९५ प्रतिशत संख्या पुगेको बताए।साथै पालिकास्तरमा पूर्णखोपलाई प्रभावकारी बनाउन के(के कुरामा ध्यान दिनुपर्छ र पालिकाको कस्तो भूमिका हुनुपर्छ भन्ने कुरामा जोड्नु भएको थियो।

    दोस्रो शेसन स्थानीय तहमा सरोकारवालाहरुलाई मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धि अभिमुखिकरणको स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क फोकल प्रसन अरुण भिटुले गर्नुभएको थियो।लुम्बिनी प्रदेशमा अन्य प्रदेशको भन्दा मातृ मृत्यु दर २.७ रहेको बताए।घरमा मृत्यु हुने २६ प्रतिशत र बाटोमा मृत्यु हुनेको दर १७ प्रतिशत रहेको बताए। २० देखि २४ सम्मको मृत्यु हुने दर २९.७ भएको बताए भने १५ देखि १९ सम्म मृत्यु हुने दर १०.३ रहेको बताए।

    नेपालमा मातृ मृत्यु दर बढ्दो अवस्थामा रहेको र यसको न्यूनीकरण गर्न सबैको भूमिका भएको बताए।प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत विशाल कार्कीले नेपालको संविधानले आम नागरिकको लागि धारा १६ देखि ४६ गरी ३१ वटा हक दिएको समेत बताए। कार्यक्रमका प्रमुख अतिथी थबाङ गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढामगरले आगामी दिनमा यो किसिमको कार्यक्रम अगाडि नै हुनुपर्ने कुरामा जोड दिए । आफ्नो पालिकामा स्वास्थ्य प्रमुख र कर्मचारीहरुले राम्रो काम गर्दै आएको बताए।

    लुम्बिनी स्वास्थ्य तालिम केन्द्र,स्वास्थ्य कार्यालय रोल्पाले यस गाउँपालिकालाई निरन्तर सहयोग गर्नुपर्ने र अहिलेसम्म गर्दै आइरहेको समेत बताए।वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले कार्यक्रमको समाप्न गर्दै रोल्पाको थबाङ गाउँपालिका दुर्गम र विषेश भएको बताए।

    आगामी दिनमा अन्य पालिका भन्दा विषेश सहयोग रह्ने समेत बताउदै एउटा दुर्घटना भएको व्यक्तिको देशको राष्ट्रिय समाचार बन्छ र प्रधानमन्त्रीले श्रद्धाञ्जली व्यक्त गर्नु हुन्छ तर एउटा गर्भवती र बच्चाको मृत्यु हुँदा केही बन्दै थाहा पनि हुँदैन।आगामी दिनमा गर्भवती महिला र बच्चाको पनि समाचार बनोस् भन्ने हाम्रो चाहना हो तर हामी त्यसो नहोस् भन्ने चाहन्छौं।

    स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य बारेमा स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क फोकल प्रसन अरुण भिटुको रहेको थियो।कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलले गरेका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend