Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

असारको पहिलो साता ४२ अङ्कले घट्यो नेप्से, कारोबार १६ अर्ब


६, असार २०८१
  • 141
    SHARES
  • असारको पहिलो साता ४२ अङ्कले घट्यो नेप्से, कारोबार १६ अर्ब

    काठमाडौं।असार महिनाको पहिलो साता शेयर बजारका लागि सुखद रहेन । साताभरमा नेपाल स्टक एक्सजेञ्ज (नेप्से) ४२.९८ अङ्कले घट्यो ।

    गत साताको अन्तिम कारोबार दिन बिहीबार २१११.२९ अङ्कमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा २०६८.३१ विन्दुमा झरेको हो ।

    यो साता नेप्सेमा ४ दिनमात्र कारोबार भयो । ३ दिन बजार घट्यो भने एक दिन झिनो अङ्कले बढ्यो । सोमबार बकर इदका दिन सार्वजनिक बिदा हुँदा शेयर बजार बन्द रह्यो ।

    ४ दिनको कारोबारमा नेप्से ४२ अङ्कले घट्ता दैनिक औसत १०.७४५ अङ्कले घटेको छ । यो साता कारोबार अङ्क भने सकारात्मक देखिएको छ । ४ दिनमा १६ अर्ब ६७ करोड ६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सातामा दैनिक औसत ४ अर्ब १६ करोड ७६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

    यो साता ४ दिन अवधिमा ३ अर्ब ६१ करोड ७७ लाख ५९४ कित्ता शेयर किनबेच भएको छ । दैनिक औसत ९० लाख ४४ हजार ३९८ कित्ता शेयर कारोबार भएको छ ।

    सातामा जम्मा २ लाख ३० हजार २३ पटक शेयर किनबेच भएको छ । ४ दिनमा औसत दैनिक ५७ हजार ५०६ पटक शेयर किनबेच भएको छ ।

    कुन दिन कस्तो रह्यो बजार ?
    असारको पहिलो साताको पहिलो दिन २ गते आइतबार नेप्से १७ अङ्कले घटेको थियो । सो दिन १७.०४ अङ्कले घटेर २०९५.२५ विन्दुमा बन्द भएको नेप्से परिसूचक उच्चतम्‌ २११७.१५ र न्यूनतम २०९०.१३ विन्दुमा पुगेको थियो।

    आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदा बजारमा उत्साह देखियो । बजार बन्द हुँदासम्ममा ५ अर्ब ४२ करोड २३ लाख ५६ हजार रुपैयाँको १ करोड २४ लाख ३३ हजार ८४६ कित्ता शेयर ७१ हजार ४८१ पटक किनबेच भएको थियो ।

    सोमबार बकर इद परेकाले सार्वजनिक बिदा हुँदा नेप्से समेत बन्द भयो । नेप्से बन्द भएकाले उक्त दिन शेयर कारोबार भएन । तर, मंगलबार नेप्से कारोबार हुँदा घट्ने क्रम भने जारी रह्यो । मंगलबार नेप्से १८.७६ अङ्कले घटेर २०७६.४९ विन्दुमा झर्‍यो ।

    मंगलबार नेप्से ०.८९ प्रतिशतले घट्दा परिसूचक उच्चतम्‌ २११७.१५ र न्यूनतम २०७३.९१ विन्दु रह्यो । आइतबारको तुलनामा कारोबारमा भने भारी मात्रामा गिरावट आयो ।

    आइतबार ५ अर्ब रुपैयाँ बढीको कारोबार भएकोमा मंगलबार भने ४ अर्ब रुपैयाँमै सीमित रह्यो । मंगलबार ४ अर्ब ३ करोड ६९ लाख १० हजार रुपैयाँ बराबरको ८९ लाख १२ हजार ३३० कित्ता शेयर ५७ हजार ६३२ पटक किनबेच भयो ।

    आइतबार र मंगलबार लगातार २ कारोबार दिन नेप्से दोहोरो अङ्कले घट्दा बुधबार भने झिनो अङ्कको नेप्सेमा करेक्सन देखियो । अन्तिम २ मिनेटमा नेप्से १.२७ अङ्कले बढ्यो ।

    बुधबार नेप्से परिसूचक उच्चतम २०८६.८५ विन्दु र न्यूनतम २०७३.३४ विन्दुसम्म पुग्यो । मंगलबारको तुलनामा बुधबार पनि कारोबार १ अर्ब रुपैयाँले घट्यो । बुधबार ३ अर्ब ३६ करोड ६९ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख ३२ हजार ५५० कित्ता शेयर ४८ हजार ३४४ पटक किनबेच भयो ।

    नेप्सेको वियर ट्रेन्ड साताको अन्तिम कारोबारको दिन पनि जारी रह्यो । बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आयो । बिहीबार नेप्से १०.४४ अङ्कले घटेर २०६८.३१ विन्दुमा पुग्यो ।

    बिहीबार नेप्से परिसूचक उच्चतम २०८६.८५ र न्यूनतम २०६३.९० विन्दुमा पुगेको थियो । बिहीबार ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटक किनबेच भएको छ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend