काठमाण्डाै। ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८१/०८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको बजेट ल्याएकाे छ ।
महानगरकी उपमेयर मञ्जली शाक्यले आज नगरसभाको पाँचाैँ अधिवेशनको तेस्रो बैठकमा ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँकाे बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।
यो बजेट चालू आर्थिक वर्षकाे भन्दा १५ प्रतिशतले बढी हाे । महानगरले चालू आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे थियाे ।