काठमाडौँ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेश शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि मन्त्रालयमा कर्मचारी सरुवा भएको छ ।
बजेट महाशाखा प्रमुख पद रिक्त भएपछि उक्त पदमा सहसचिव नरेन्द्र रानालाई सरुवा गरिएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य आएका छन् ।
प्रशासन महाशाखा प्रमुख टोकराज पाण्डे सरुवा भएपछि आएका नारायण सापकोटाको पनि सरुवा भएपछि आचार्य आएका हुन् ।
सापकोटा प्रशासनबाट ११ दिनमै महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएपछि आचार्य आएका हुन् । महालेखा नियन्त्रक कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीको सरुवा भएपछि सापकोटालाई त्यहाँ सरुवा गरिएको हो ।
यसैगरी, मन्त्रालयमै सहसचिव रहेकी सुशीला अर्यालको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ । भन्सार विभागको उपमहानिर्देशकका रूपमा सहसचिव रामकुमार महतो आएका छन् ।