Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’


४, साउन २०८१
  • 275
    SHARES
  • पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’

    काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ ।

    तत्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो । नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको सुरुआत भएसँगै प्रदर्शनमा सहजता भएको छ ।

    चलचित्र प्रदर्शनका लागि प्रिन्ट बोकेर चलचित्र भवन पुग्नुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर प्रदर्शनका लागि सहजता भएको छ । सोही कारण पनि पछिल्लो समय पुनःप्रदर्शन हुने चलचित्र सङ्ख्या बढ्दो देखिन्छ ।

    यसैवर्ष गत असार ७ गते ‘आचार्य’ पुनःप्रदर्शन गरियो । स्वर्गीय गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र व्यावसायिकरुपमा सफल हुन नसके पनि पुनःप्रदर्शनका लागि परिक्षण गर्न निर्माता अझैँ सक्रिय छन् ।

    “हाम्रो चलचित्रलाई प्रदर्शन सहजतामा कठिनाई भएको थियो । सोही कारण पुनःप्रदर्शन गर्ने तयारीमा थियौँ । वितरक र प्रदर्शकसँग सल्लाह गरेर यो समय उचित लागेपछि पुनःप्रदर्शनका लागि तयारी थालेका छौँ”, निर्माता विष्टले भन्नुभयो । उहाँले चलचित्र पुनःसम्पादन गरी प्रदर्शन गरिने जानकारी दिनुभयो ।

    निर्माता विष्टले यसलाई नयाँ चलचित्र झैँ दर्शकसम्म पुर्‍याउने तयारी गरिएको बताउनुभयो । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

    प्रदर्शनका लागि चलचित्र वितरण गर्नु हुने वितरक करण श्रेष्ठले नयाँ वा पूरानो जुनै चलचित्रले पनि आफ्नो जानकारी दर्शकसम्म पुर्याउनु पर्ने बताउनुभयो । “दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले मेहनत गर्नुपर्छ । प्रचारप्रसारसँगै नयाँ विधी अपनाएर चलचित्रको बारेमा जानकारी दिनु आवश्यक छ । अहिले चलचित्र हेर्ने ओटीटीजस्ता अन्य माध्यमको पनि विकास भइरहेको छ”, उहाँले भन्नुभयो ।

    कोरोना महामारीका कारण भएको बान्दाबन्दी पश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘बिहे पास’लगायत चलचित्र पुनःप्रदर्शन भइसकेका छन् ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend