काठमाडौँ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मुल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज १ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।