Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तत्काल लेवनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह


२०, साउन २०८१
  • 229
    SHARES
  • तत्काल लेवनान छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

    एजेन्सी । अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ ।

    मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

    यसअघि बेलायतले पनि लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल बाहिरिन भनेको थियो । यस्तै जोर्डनले पनि आफ्ना नागरिकलाई लेवनान छाड्न भनेको छ ।

    गएको बुधवार इरानमा प्यालेस्टिनी विद्रोही हमासका प्रमुख इस्माइल हानियाहको हत्या भएपछि इरानले इजरायलसँग बदला लिने धम्की दिएको छ ।

    यसअघि इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको पनि हत्या गरेको छ । यी घटनाले मध्यपूर्वमा तनाव बढेको हो ।

    इरानले इजरायलमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले मध्यपूर्वमा आफ्ना युद्धविमान तैनाथ गरेको छ । गएराति हिजबुल्लाहले उत्तरी इजरायलमा केही रकेट प्रहार गरेको बीबीसीले जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend