काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो । गएको आइतवार भने सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।