काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।