Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नवीकरण भयो एनसेलको लाइसेन्स, पाँच अर्बको किस्ता सुविधा


१७, भदौ २०८१
  • 120
    SHARES
  • नवीकरण भयो एनसेलको लाइसेन्स, पाँच अर्बको किस्ता सुविधा

    काठमान्डौं । एनसेलको लाइसेन्स नवीकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार नै एनसलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण गरिदिएको हो ।  

    नवीकरण शुल्क तिर्न एनसेललाई ब्याजसहित किस्ताबन्दी सुविधा सरकारले उपलब्ध गराएको थियो । सोही अनुसार अहिले एनसेलले पहिलो किस्तास्वरूप पाँच अर्ब रुपैयाँ बुझाएपछि लाइसेन्स नवीकरण भएको हो । 

    २० अर्ब नवीकरण शुल्कको बाँकी १५ अर्ब रकम अब तीन किस्तामा हरेक वर्ष ५ अर्ब रुपैयाँ गरी एनसेलले १० प्रतिशत ब्याजसहित तिर्नेछ ।

    प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलको लाइसेन्स नवीकरण भएको जानकारी दिए ।

    एनसेलले चाहेमा बाँकी सबै रकम एकैपटक दिनसक्ने व्यवस्था समेत गरिएको उनले बताए ।

    एनसेललाई भदौ १६ गते नै नवीकरणपछि पत्र दिइएको उनले बताए ।

    एनसेलको लाइसेन्स नवीकरण अवधि भदौ १५ गते सकिएको थियो । यससँगै एनसेलले थप ५ वर्षका लागि लाइसेन्स पाएको हो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend