गुल्मी । मोतीराम भट्ट १५९ औ जन्मजयन्तीको अवसरमा गुल्मीको तम्घासमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
गुल्मी जिल्लाकै ऐतिहासिक पुरानो पुस्तकालय किरण पुस्तकालयद्वारा आयोजित खुल्ला बाल कविता वाचन प्रतियोगितामा १२ जनाको सहभागीता रहेको थियो ।
रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक भुवन अर्याल र पूर्व उपप्राध्यापक विष्णुकान्त पन्थीसहितको तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको थियो । मूल्याङ्कन समितिको सिफारिस अनुसार प्रतियोगितामा सहभागी बाल कविहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना घोषणा गरि पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले बताउनुभयो ।
बुवा आमासंग र समसामयिक विषयमा आधारित कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त अर्जुन आवासीय माध्यमिक विद्यालयका छात्रा कृतिका दवाडी, द्वितीय स्थान प्राप्त सोही विद्यालयका युवा झाँक्री मगर, तृतीय स्थान प्राप्त रेसुङ्गा बहुमुखी क्याम्पसका छात्रा सम्झना गिरी र सान्त्वना स्थान प्राप्त प्रतीक्षा श्रेष्ठ र विजया पन्थीलाई क्रमशः एक हजार,सात सय, पाँच सय र तीन/तीन सय रुपियाँ नगद र प्रमाणपत्र प्रदान गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रदान गर्नुभएको हो ।