काठमाडौँ । सुनको मुल्य आज ६ सय रुपैयाँले घटेको छ ।
हिजो सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेकामा आज ६ सय रुपैयाँले घटेर एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको छ ।