Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन, १ खर्ब ३७ अर्ब रुपैयाँ बजेट खर्च


१, असोज २०८१
  • 241
    SHARES
  • दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन, १ खर्ब ३७ अर्ब रुपैयाँ बजेट खर्च

    काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

    साउन र भदौमा गरेर एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसतर्फ २१ अर्ब ११ करोड रुपैयाँ गैरकर र तीन अर्ब १३ करोड रुपैयाँ अन्य प्राप्ति रहेको छ ।

    यो आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने अनुमान गरेकोमा दुई महिनासम्म वैदेशिक अनुदान प्राप्त भएको छैन ।

    यस्तै दुई महिनामा ७ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा साउन र भदौमा एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    यसमध्ये चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ अर्थात् ७ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यस्तै पूँजीगततर्फ १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अर्थात् लक्ष्यको ४ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

    यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र शेयर लगानीका लागि तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई महिनामा ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । सरकारी खर्चमध्ये सबैभन्दा धेरै १० दशमलव ८ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend