Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाको वित्तीय प्रगति विवरण सार्वजनिक।


२६, असार २०८०
  • 523
    SHARES
  • परिवर्तन गाउँपालिकाको वित्तीय प्रगति विवरण सार्वजनिक।

    रोल्पा । परिवर्तन गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाले आफ्नो चालु आर्थिक बर्ष २०७९र०८० को संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो।गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड ६६ लाख,समपूरक अनुदान १८ करोड १ लाख,शसर्त पुँजीगत अनुदान १ करोड ५८ लाख,विषेश अनुदान २ करोड १२ लाख र राजस्व बाँडफाँड बाट ९ करोड ८ लाख ५३ हजार गरि कुल जम्मा बजेट ४० करोड ४५ लाख ५३ हजार संघीय सरकारबाट प्राप्त भएको थियो।

    त्यस्तै प्रदेश सरकारबाट प्राप्त भएको समानीकरण अनुदान ५१ लाख ५ हजार,राजस्व बाँडफाँडबाट ४९ लाख २० हजार,समपूर अनुदान १ करोड ५० लाख,विषेश अनुदान ६० लाख,शर्सत अनुदान पुँजीगत ८० लाख गरि कुल ३ करोड ९० लाख २५ हजार गरि परिवर्तन गाउँपालिकामा सबै संघीय सरकार र प्रदेश सरकार बाट कुल ४४ करोड ७० लाख ७८ हजार चालु आर्थिक बर्ष २०७९र०८० मा प्राप्त भएको थियो।

    चालु आर्थिक बर्ष २०७८/०७९ अन्तिम असार १० गते नीति तथा कार्यक्रम बनाएको ४४ करोडको कार्यक्रम बनाएको थियो।चालु आर्थिक बर्ष २०७९/०८० मा परिवर्तन गाउँपालिका योजना संख्या २ सय ३० रहेको थियो भने संघीय र प्रदेश गरि परिवर्तन गाउँपालिकामा २६९ वटा योजना रहेको थियो । जसमा १६ वटा ठेक्का मार्फत निर्माण र सम्पन्न भएको थियोे भने अरु सबै उपभोक्ता समिति मार्फत निर्माण र सम्पन्न भएको थियो। ती सबै काम सम्पन्न भएर असार १५ गतेसम्म सबै योजनाको भुक्तानी दिन परिवर्तन गाउँपालिका सफल भएको छ।चालू आर्थिक बर्ष २०७९/०८० मा योजना तर्जुमा भएका सबै योजनाको पुष मसान्तसम्म सम्झौता गर्ने लक्ष्य परिवर्तन गाउँपालिकाले लिएको थियो।

    सबै योजनाहरु खानेपानी,सडक,स्वास्थ्यका भवन,शिक्षाका भवन लगायत सबै २६९ वटै योजनाको भुक्तानी दिन सफल भएको परिवर्तन गाउँपालिकाका लेखापाल हरिष डाँगीले जानकारी दिनुभएको छ।हामीले असार १५ गते भित्र सबै योजनाहरुको भुक्तानी दिन सफल भएका थियौं भने संघीय र प्रदेशको पनि शर्शत,समपूरक र विशेष अनुदानको पनि बाँकी फिर्ता गर्नुपर्ने रकम असार २४ गते भित्र फिर्ता गरिसकेका छौं,डाँगीले भने।

    परिवर्तन गाउँपालिकाले चालु आर्थिक बर्ष २०७८/०८० मा चालू बजेट ३३ करोड ४३ लाख ६० हजार ७ सय ९९ रुपैयाँँ ५६ पैसामा २७ करोड ८३ लाख ७५ हजार ९ सय ४४ रुपैयाँ ८० पैसा खर्च भएको हो भने चालु खर्च ८३.२५ प्रतिशत भएको छ। त्यस्तै पुँजीगत बजेट १८ करोड ५७ लाख ५९ हजार ९ सय रुपैयाँँमा १६ करोड ९३ लाख ४२ हजार ८ सय ७४ रुपैयाँ ३२ पैसा खर्च भएको हो भने पुँजीगत खर्च ९१।१६ प्रतिशत भएको छ।हामी असार १५ गते भित्र परिवर्तन गाउँपालिका भित्रका सबै योजनाहरुको भुक्तानी दिन सफल भएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए।

    अहिले हाम्रो पालिकाले  समयमै भुक्तानीको काम सक्काएर सजिलो भएको छ,बुढा मगरले भने।हामीले पालिकाको तर्फबाट समयमै काम सकाएर असार १५ गते भित्र सबै योजनाको भुक्तानी लिन अनुरोध गरेका थियौं सोही अनुरुप अहिले परिवर्तन गाउँपालिकाले सबै काम समयमै सक्न सफल भएको छ,उनले भने।रोल्पा जिल्लाका केही गाउँपालिकाले समयमै भुक्तानी दिन सक्दैनौं भनेर महालेखा परीक्षकलाई निवेदन लेखेको पनि देखियो तर हामीले परिवर्तन गाउँपालिकामा समयमै सबै योजनाहरुको भुक्तानी दिन सफल भएका छौँ र अर्को कुरा भुक्तानी दिनेमा रोल्पा जिल्लामा सके हामी पहिलो हुन्छौं यदि नभए पनि दोस्रो हुन्छौं,उनले भने।

    चालु आर्थिक बर्ष २०७९/०८० को बजेट,नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्नु हुने सम्पूर्ण वडा अध्यक्ष,वडा सदस्य,राष्ट्र सेवक कर्मचारी तथा सरोकारवाला सबैलाई आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा गर्दै धन्यवाद व्यक्त गर्दछु,बुढा मगरले भने।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend