Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुन्टिगढी गाउँपालिका-४ का वडा अध्यक्ष पुनको मृत्यु


२७, असार २०८०
  • 148
    SHARES
  • रुन्टिगढी गाउँपालिका-४ का वडा अध्यक्ष पुनको मृत्यु

     रोल्पा।रोल्पाको रुन्टिगढी गाउँपालिका -४ का वडाध्यक्ष टंक बहादुर पुनको उपचारका क्रममा मृत्यु भएको छ । वडाध्यक्ष पुनलाई स्वास्थ्यमा समस्या देखिएका पछि  मंगलबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराही दाङमा भर्ना गरिएको थियो । 

    पुनको आज (बुधबार) मध्याह्न करिव १२:४५ बजे उपचारका क्रममा  मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन । स्क्रब टाइफसका कारण बिरामी भएका अध्यक्ष पुनलाई अस्पतालमा भर्ना गरिएको थियो । ३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। पुनको मृत्यु भएपछि कांग्रेस रोल्पाले समेत दुःख व्यक्त गरेको छ।

    कांग्रेस जिल्ला सचिव शेरबहादुर थापाले शोक व्यक्तव्य जारी गर्दै एउटा होनहार, इमान्दार र लोकप्रिय स्थानीय नेता गुमाएको बताएका छन्।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend