काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।