Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान


१८, असोज २०८१
  • 249
    SHARES
  • मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान

    काठमाण्डाै – मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गरेकाे छ ।

    गुठीद्वारा हिजाे ललितपुरमा आयाेजित समाराेहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मुकाम रणमैदान पुस्तकका लागि पत्रकार एवम् लेखक माेहन मैनालीलाई मदन पुरस्कार र प्रा. डा. याेगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्नुभयाे ।

    गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट ‘मुकाम रणमैदान’ का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्रा. डा. यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ ।

    गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्रा. डा. यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।

    ‘मुकाम रणमैदान’ का लागि मदन पुरस्कार प्राप्त गर्नुभएका मैनालीको यो पाँचौं पुस्तक हो । मैनालीले यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ कृति प्रकाशन गरिसक्नुभएको छ ।

    पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले मुकाम रणमैदानमार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताउनुभयो । जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्रा. डा. यादवले नेपालका भाषाहरूको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।

    गुठीले मदन पुरस्कार–२०८० का लागि पाँच वटा पुस्तक छनोट गरेको थियो । भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ रहेका थिए । मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकामा पाँच कृतिलाई गुठीले अन्तिम छनोट गरेको थियाे ।

    मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई दिइको थियो ।

    गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँकै सम्झनामा जगदम्बा–श्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलो पटक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य सम्मानित हुनुभएको थियो ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend