काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक अनियमिता रोक्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध बताए ।
अर्थमन्त्री महतले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसंगको समन्वयमा मन्त्रालय अघि बढेको बताए । उनले मुलुकभित्र प्राकृतिक प्रकोप लगाएत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शिर्षकमा बजेट राखिएको बताउदै अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शिर्षकमा राखिएको बजेट पूर्णरुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पारे ।
उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकतामा राखिएको बताए । अर्थमन्त्री महतले लक्ष्य अनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केहि मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको धारणा राखे ।