काठमाडौँ । सुनको मुल्यले फेरि अर्को नयाँ रेकर्ड बनाएको छ ।
हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको मुल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको मुल्य ९५ रुपैयाँले बढेको थियो ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले मुल्य बढेको हो ।