काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ४०० सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।