Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आउँदो सोमबारदेखि नेपालमा विदेशी च्यानल बन्द हुने !


३०, असार २०८०
  • 203
    SHARES
  • आउँदो सोमबारदेखि नेपालमा विदेशी च्यानल बन्द हुने !

    काठमाडौं । भारतीय टेलिभिजन नेटवर्कहरूले नेपालको आलाकार्टा शुल्क प्रणालीलाई नटेर्दा पर्सी १ साउनदेखि नेपालमा विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको छ ।

    सूचना तथा प्रसारण विभागले एक विज्ञप्ति जारी गर्दै आलाकार्ट शुल्क प्रणाली लागू गर्ने निर्णय भएर पूर्ण रूपमा लागू गर्ने तयारी रहेको भए पनि सेवाप्रदायकबाट आवश्यक बुके प्राप्त नहुँदा नेपालमा विदेशी च्यानलको प्रसारण बन्द हुने स्थिति देखा परेको जनाएको हो । 

    एक टेलिभिजन वितरक संस्थाका सञ्चालकले आफूहरू आलाकार्टा शुल्क प्रणाली प्रति सकारात्मक रहेको बताए । तर भारतीय टेलिभिजन नेटवर्कहरूले यसलाई अटेर गर्दा विदेशी च्यानलको प्रसारण नै रोकिने अवस्था आएको उनको भनाई छ । 

    यसका लागि २८ असारभित्र सशुल्क विदेशी च्यानलहरूको शुल्क र बुके उपलब्ध गराउन भनिएको भए पनि हालसम्म कुनै पनि शुल्क तथा बुके प्राप्त नभएको उल्लेख छ । यस्तो अवस्थामा नयाँ शुल्क प्रणाली लागू गर्न अवरोध देखिएको विभागले स्पष्ट पारेको छ ।

    के हो आलाकार्टा शुल्क प्रणाली ?

    आलाकार्टा शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्ने प्रणाली हो । यसबाट उपभोक्तालाई न्याय हुने अपेक्षा गरिएको छ ।

    किन भने यो प्रणाली लागू नहुँदा आफूले नहेर्ने र अनावश्यक च्यानल सहितको प्याकेजका लागि समेत ग्राहकले शुल्क तिर्नुपर्ने अवस्था विद्यमान छ । छिमकी देश लगायत विश्वका धेरैजसो मुलुकमा यो प्रणाली प्रचलनमा रहेको छ ।

    नेपाल सरकारको निर्णय कार्यान्वयन पश्चात् टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि मासिक २५० रुपैयाँ र सशुल्क च्यानल समेत गरी अधिकतम मासिक ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसका साथै सेवाप्रदायकले हाल इन्टरनेट र टेलिभिजन च्यानल गरी लिइराखेको कूल शुल्कमा थप गरी शुल्क बढाउन नपाउने व्यवस्था समेत गरिएको छ ।

    यो नयाँ व्यवस्था अनुसार उपभोक्ताबाट उठाउन सकिने बुके र प्रति च्यानलको मूल्य सञ्चार मन्त्रालयले नै निर्धारण गर्ने व्यवस्था छ । यो नयाँ प्रणालीमा शुल्क प्रणाली पारदर्शी हुने र उपभोक्ता तथा सेवाप्रदायकलाई फाइदा पुग्ने विश्वास राखिएको छ । 

  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनकालागि सन् २०३० सम्म देशभर

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend