Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बैंकहरुले परिमार्जन गरे ब्याजदर


३१, असार २०८०
  • 131
    SHARES
  • बैंकहरुले परिमार्जन गरे ब्याजदर

    काठमाण्डौं। नेपाल बैंकर्स सङ्घको पहलमा लामो समयदेखि कायम बैंक ब्याज सम्बन्धी भद्र सहमति अनुसार अन्त्य गर्ने निर्णय सँगै नेपालका वाणिज्य बैंकहरुले आ–आफ्नै ढङ्गले ब्याज दर तोकेका छन्। ब्याज दर बढाएको आलोचना खेपिरहेका बैंकहरुले घोषणा गरेका नयाँ ब्याजदर भने निकै रोचक देखिएको छ ।

    अधिक निक्षेपको भारमा परेका सबै बैंकहरुले ब्याजदर घटाउँछन् भन्ने आम अनुमान विपरीत साउन एक गतेबाट केही बैङ्कले भने ब्याजदर बढाउने भएका छन् । आफ्नो तजबिजीमा ब्याजदर तोक्ने अधिकार पाएका बैङ्कको साउन १ गतेदेखि फरक फरक देखिने भएको छ । हाल सञ्चालनमा रहेका मध्ये कतिपय बैङ्कले भने आफ्नो ब्याजदर स्थिर नै राखेका छन् भने आधाभन्दा बढी बैङ्कले घटाएका छन् । यस क्रममा अप्रत्याशित रुपमा केही बैङ्कले भने ब्याज दर बढाएका छन्।

    यसरी ब्याजदर बढाउनेमा नबिल बैंक, प्राइम कमर्सियल, एनएमबि र कुमारी बैंक रहेका छन्। नबिल बैङ्कले यसअघी कायम रहेको मुद्दती निक्षेपको ब्याज दर समान ९.९९ बाट १०.४९ प्रतिशत पुर्‍याएको छ। नेपाल राष्ट्र बैङ्कले १० प्रतिशत सम्म ब्याज घटबढ गर्न सक्ने अधिकार वाणिज्य बैंकहरुलाई दिएको छ । त्यसैगरी,  प्राइम कमर्शियल बैङ्कले मुद्दतीमा बैङ्कले १०.९३ प्रतिशत सम्म ब्याज दिने घोषणा गरेको छ । एनएमबि बैङ्कले भने मुद्दतीमा फरक फरक अवधिको लागि फरक फरक ब्याज दर तोकेको छ। यो बैङ्कले कम्तीमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

    त्यसो त नबिल बैङ्कले पनि अवधि हेरेर मुद्दतीको ब्याज फरक फरक राखेको छ । बचतमा भने सो बैङ्कले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने छ। प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । एनएमबि बैङ्कले बचतमा ५.९८ देखी ७.९८ प्रतिशतसम्म ब्याज दिने भन्दै आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसरी हेर्दा बचतमा सर्वाधिक धेरै ब्याज दिने एनएमबि बैंक बनेको छ । उता कुमारी बैङ्कले भने मुद्दती निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र  न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने जनाएको छ । यो बैङ्कले बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।

    ब्याजदर सार्वजनिक गरेका १८ बैङ्कमध्ये १० वटा बैङ्कले घटाएका छन्। यसरी घटाउनेहरूमा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्ट्यान्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक रहेका छन्। आगामी महिनाको लागि ब्याजदर परिवर्तन नगरी स्थिर राख्ने बैङ्कहरूमा हिमालयन बैंक, ग्लोबल आइएमइ बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंक रहेका छन् । ब्याजदर घटाएका मध्ये राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र एसबीआइ बैङ्कले मुद्दती निक्षेपमा क्रमश ८.९९ प्रतिशत, ८.९९ प्रतिशत र ९.१ प्रतिशत ब्याज दिने भएका छन् ।

    त्यसैगरी, माछापुच्छ्रे र एभरेष्ट बैङ्कले समान ९ प्रतिशत कायम गर्दा स्ट्यान्ड चार्टर्डले भने ९.९५ प्रतिशत तोकेको छ । सिद्धार्थ बैङ्कले ९.५ प्रतिशत कायम गर्दा सानिमा बैङ्कले ९.५२ प्रतिशत ब्याजदिने जनाएको छ । नेपाल बैंक र  कृषि विकास बैङ्कले भने क्रमश ८.९९ प्रतिशत र ९.५१ प्रतिशतमा ब्याजदर झारेका छन् ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend