काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ ।
सुन तोलामा चार सय र चाँदी २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ । शुक्रवार पनि सुन तोलामा छ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै शुक्रवार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।