Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सीना


१८, पुस २०८१
  • 445
    SHARES
  • कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सीना

    बुटवल १८ पुस । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले सरकारी अनुदानको कसले लिएको छ सबै खोज्ने बताएका छन् । किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रबृति बढ्दै गएको भन्दै उनले विचौलियाको हातमा अनुदान जानबाट रोक्न कडा कदम चाल्ने  बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले विहीबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको रेकर्ड खोजेर आम समुदाय र पत्रकार माझ सार्वजनिक गर्ने चेतावनी दिए ।

    अध्यक्ष तिमिल्सीनाले किसानको हकअधिकार विरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाठ नगर्ने ठोकुवा गरे । ‘मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकार विरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।’ उनले भने ‘किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार छु ।’ सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मुल्य दिलाएको, कालिमाटी तरकारी तथा फलफूल बजारकोे लथालिंग र मनोपोली अवस्था सुधार गरेको तिमिल्सीनाले जानकारी दिए । ‘कालिमाटिमा वाइसिएलको रजगज थियो । मेरै नेतृत्वमा उनीहरुलाई हटाएर व्यवस्थीत बनाएका छौं ।’ उनले भने ।

    तिमिल्सिनाले लम्की स्किनबाट पिडित किसानको लागि क्षतिपूर्ति र विमाको लागि लडेको, किसानले पाउने दुध र उखँुको मूल्यको लागि कडा संघर्ष गरेको बताए । किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गरे । विक्रि नभएमा गरिब र विपन्न परिवारलाई दिन उनले अनुरोध गर्दै बढ्दो रासायिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिए ।

    उनले कृषिमा यान्त्रिकिरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यानदिनुपर्ने औंल्याए ।  
    तिमिल्सिनाले किसान महासंघको महाधिवेशन जुनसुकै हालतमा हुने दाबी गरे । नेपाली कांग्रेसले अधिवेसन गर्न भनेमा आजको ३०–३५ दिन भित्र अधिवेसन गर्न आफू तयार रहेको बताए । महासंघ र राष्ट्रिय किसान सञ्जालको आफूले नेतृत्व गरिसकेकाले पदको लोभ नभएको भन्दै पदको लोभमा कार्याकाल नलम्बाउने तिमिल्सिनाले बताए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend