Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेप्से परिसूचक १२.५८ अंकले बढ्यो


६, माघ २०८१
  • 148
    SHARES
  • नेप्से परिसूचक १२.५८ अंकले बढ्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

    आइतबार नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ। 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब ९३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १ हजार ६३९ रुपैयाँ बढेर १८ हजार २९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १६४ रुपैयाँ घटेर १ हजार ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर कम्पनीको करिब साढे २४ करोडको शेयर किनबेच भएको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने अरु ८ उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend