Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्थतन्त्र सकारात्मक दिशामाः अर्थमन्त्री पौडेल, अर्थतन्त्र ठीकठाक छः गभर्नर अधिकारी


७, माघ २०८१
  • 171
    SHARES
  • अर्थतन्त्र सकारात्मक दिशामाः अर्थमन्त्री पौडेल,  अर्थतन्त्र ठीकठाक छः गभर्नर अधिकारी

     
    काठमाडौं, ७ माघ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको धारणा राखे । उनले कार्यक्रममा बैंकहरूलाई आफूले लिएका उद्देश्यहरू हासिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । उनले बैंकको क्षमता विकास, बैंकको सामर्थ्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे ।

    उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरूको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताए । उनले बैंकका कर्मचारीहरूले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको धारणा राखे ।

    ‘कर्मचारीको सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ । बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ । त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ,’ उनले भने ।

    उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको बताए । उनले बैंकको निक्षेपको अनुपात चिन्ताको विषय रहेको धारणा राखे ।
     नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ठीकठाक रहेको धारणा राखेका छन् । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई बोल्दै उनले अर्थतन्त्र सुधार हुँदै गएको धारणा राखेका हुन् । यद्यपि, बैंकको ऋण नतिर्नु भन्ने अराजक गतिविधिको कारण अर्थतन्त्र केही स्लोडाउन भएको उनको भनाइ छ ।

    उनका अनुसार बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पर्छ । अराजकताका यस्ता विषयहरू सधैं नरहने उनले बताए ।


    गभर्नर अधिकारीले पछिल्लो समय बाढी(पहिरोका कारण निकै ठूलो असर परे पनि राष्ट्र बैंक वाह्य क्षेत्रको अर्थतन्त्र सबल रहेको बताए । उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गरे ।

    ‘हामी वाह्य क्षेत्रमा सबल छौ, खाद्य, पेय पदार्थतिरको मुद्रास्फिति केही बढेको छ । तर पनि नेपाल राष्ट्र बैंकले राखेको लक्ष्यमै छ, बैंकिङ सिस्टममा तरलता राम्रो छ । बैंकहरू वेल क्यापिटलाइज छन् । अलिकति स्ट्रेस नाफा र रिकोभरीमा छ,’ उनले भने ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend