Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आयात ७ प्रतिशतले बढ्दा व्यापार घाटाको खाडल ठूलो 


७, माघ २०८१
  • 159
    SHARES
  • आयात ७ प्रतिशतले बढ्दा व्यापार घाटाको खाडल ठूलो 

    काठमाडौं, ७ माघ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आ.व. पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थ्याङ्क सार्वजनिक गरेको हो ।


    गत आ.व. सोही अवधिको दाँजोमा यो ७.०६ प्रतिशतले बढी हो । गत आव ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।

    भन्सार विभागको तथ्याङ्कले बजारमा वस्तुको माग बढेको देखाउँछ । गत पुसमा १ खर्ब ६१ अर्ब बराबर आयात भएको छ । यो गत मंसिरको दाँजोमा १३ अर्ब रुपैयाँले धेरै हो ।


    चालु आव पहिलो ६ महिनामा २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमास तेल आयात भएको छ । त्यस्तै कच्चा सनफ्लावर तेल ११ अर्ब ६७ करोड, डिजेल ५४ अर्ब ३६ करोड, पेट्रोल ३२ अर्ब १४ करोड र खाना पकाउने ग्यास २९ अर्ब ७९ करोड रुपैयाँ बराबर आयात भएको भन्सार विभागले जनाएको छ ।

    आयातसँगै निर्यात पनि उल्लेख्य परिमाणले बढेको छ । विभागका अनुसार चालु आव पहिलो ६ महिना ९साउन–पुस० मा निर्यात ३१।७८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७।२ प्रशितले घटेको थियो ।

    उक्त अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

    विभागका अनुसार गत ६ महिनामा १८ अर्ब ९१ करोड बराबर भटमास तेल निर्यात भएको छ भने ४ अर्ब ९८ करोड बराबर सनफ्लावर तेल निर्यात भएको छ ।


    चालु आव पहिलो ६ महिनामा मुलुको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ ।

    भन्सार विभागका अनुसार दोस्रो त्रैमाससम्ममा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आव सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख बराबर व्यापार घाटा थियो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend