Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

 नेप्से परिसूचक ५२.३६ अंक बढ्यो, कारोबार पनि उच्च वृद्धि


९, माघ २०८१
  • 120
    SHARES
  •  नेप्से परिसूचक ५२.३६ अंक बढ्यो, कारोबार  पनि उच्च वृद्धि

    काठमाडौं । संधै सुस्त अवस्थामा रहेको नपाली शेयर बजार बुधबार भने उच्च अंकले जृद्धि भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने उच्च अंक बढेर बन्द हुँदा लगानीकर्तामा आसाको दियो पलाएको छ । 

    यस दिन नेप्से परिसूचक ५२.३६ अंक बढेर २६६५ं४५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३।२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।६७ अंक बढेको छ।

    नेप्सेसँगै यस दिन भोल्यूम पनि उच्च बढेको छ। अ मंगलबार ६ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ९० हजार ६९६ पटकको कारोबारमा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ४१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने भने हिमालयन रि इन्स्योरेन्सको करिब ३२ करोडको शेयर किनबेच भएको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अज भने लगानी कर्तामा उत्साह आएको छ र तयसले निरन्तर्ता पाउला की के लर्गा भन्ने समयले बताउला । 


  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend