Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगरले खर्च गर्न सकेन विनियोेजित वजेट


१, साउन २०८०
  • 182
    SHARES
  • बुटवल उपमहानगरले खर्च गर्न सकेन विनियोेजित वजेट

    बुटवल । आर्थिक वर्ष २०७९/०८० मा बुटवल उपमहानगरपालिकाले प्राप्त गरेको वित्तीय प्रगति सार्वजनिक गरेको छ । उपमहानगरले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा विनियोजन बजेटको ६९ दशमलव ५१ प्रतिशत खर्च गर्न सफल भएको छ ।

    उपमहानगरले कूल २ अर्ब ४७ करोड ४५ लाख ७८ हजार ८ रुपैयाँ विनिजित रकम मध्ये १ अर्ब ७२ करोड ३ लाख २० हजार ३ सय ९ रुपैयाँ १३ पैसा खर्च गर्न सफल भएको छ । यसरी उपमहानगरले विनियोजन रकमको ३० दशमलव ४९ प्रतिशत अर्थात् ७५ करोड ४२ लाख ५७ हजार ६ सय ९८ रुपैयाँ ८७ पैयाँ खर्च गरेको छ । यसैगरी विनियोजित बजेटको चालूतर्फ ७५.०६ प्रतिशत खर्च गर्न सफल भएको छ भने पूँजीगत तर्फ ६३ दशमलव ४९ प्रतिशत खर्च गरेको छ, भने वित्तीय तर्फ ८२.३४ प्रतिशत खर्च गरेको पाईएको छ ।

    उपमहानगरले चालूतर्फ १ अर्ब २७ करोड २३ लाख ७ हजार ८ सय ३० रुपैयाँ विनियोजन भएकोमा ९५ करोड ५० लाख ९९ हजार ६ सय १८ रुपैयाँ १४ पैसा खर्च गरेको छ भने ३१ करोड ७२ लाख ८ हजार २ सय ११ रुपैयाँ ९ पैसा खर्च गर्न सकेन । यसैगरी पूँजीगततर्फ १ अर्ब १९ करोड २२ लाख ७० हजार १ सय ७८ रुपैयाँ विनियोजन भएकोमा ७५ करोड ६९ लाख ८६ हजार ९ सय ९६ रुपैयाँ मात्रै खर्च भई ४३ करोड ५२ लाख ८३ हजार १ सय ८२ रुपैयाँ रकम खर्च गर्न असफल भएको हो। यसैगरी वित्तीयतर्फ एक करोड विनियोजन भएकोमा ८२ लाख ३३ हजार ६ सय ९४ रुपैयाँ ९९ पैसा खर्च भएको छ भने १७ लाख ६६ हजार ३० सय ५ रुपैयाँ १ रुपैयाँ खर्च भएको छैन ।

    बुटवल उपमहानगरले गत आर्थिक वर्षमा आयतर्फ ७९ दशमलव २२ प्रतिशत लक्ष्य हासिल गरेको छ । कूल २ अर्ब ४७ करोड ४५ लाख ७८ हजार ८ रुपैयाँ अनुमानित आय हुने लक्ष्य राखिएकोमा १ अर्ब ९६ करोड ५ लाख १७ हजार ४ सय ७९ रुपैयाँ ६६ पैसा आम्दानी गर्न सफल भएको हो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend